पोखरा, वैशाख ११ — मानवसेवा फाउण्डेशनको आयोजनामा यही वैशाख १२ गते बिहान ७ बजे पोखरामा बृहत् ट्याक्सी र्याली आयोजना हुने भएको छ। ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक-सामाजिक सद्भाव फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको हो।
कोटिहोम स्थलबाट सुरु हुने र्यालीले पोखराका प्रमुख क्षेत्र परिक्रमा गर्दै पुनः बिरौटामा पुगेर समापन हुनेछ। महायज्ञ संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीले महायज्ञको सन्देश पोखरेली जनतामा पुर्याउने र धार्मिक जागरणमा योगदान दिने बताए।
यसअघि साइकल र्याली सफलतापूर्वक सम्पन्न भइसकेको छ भने आगामी दिनमा मोटरसाइकल, डुङ्गा र्याली र बृहत् कशलयात्रा पनि गरिनेछ। फाउण्डेशनले सम्पूर्ण पोखरेलीलाई सहभागिताको लागि आह्वान गरेको छ।