गण्डकी कोटिहोम महायज्ञ समितिबाट पहलगाम हमलामा मारिएकाहरूलाई श्रद्धाञ्जली, आज साँझ दीप प्रज्ज्वलन

 कास्की, ११ वैशाख २०८२ — भारतको जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा ज्यान गुमाउनेहरूप्रति गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ आयोजक समितिले गहिरो शोक व्यक्त गरेको छ। समितिले हमलालाई धर्म, संस्कृति र मानवता माथिको प्रहार भन्दै कडा निन्दा गरेको छ।



बैसारन घाटीमा मंगलबार भएको आक्रमणमा २७ जनाभन्दा बढीको ज्यान गएको थियो, जसमा नेपालका सुदीप न्यौपानेसहित पर्यटकहरू पनि थिए। मृतकको आत्माको शान्तिको कामना गर्दै समितिले श्रद्धाञ्जली अर्पण गरेको छ।

यस घटनाको स्मरणमा आज साँझ विशेष दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुँदैछ। आयोजक समितिका अनुसार, कार्यक्रम शोक, श्रद्धा र शान्तिको सन्देश बोकेर विश्वमा सद्भाव फैलाउने उद्देश्यले आयोजना गरिएको हो।

समितिका संयोजकले भने, “यो हमला केवल निर्दोष मानिसहरूमाथिको होइन, हाम्रो साझा संस्कृति र आस्था माथिको आक्रमण हो। हामी सबै मिलेर यस्ता अमानवीय क्रियाकलापको विरोध गर्नुपर्छ।”

कार्यक्रममा सबै धर्म, समुदाय र क्षेत्रका प्रतिनिधिलाई सहभागी भई एकता र शान्तिको आवाज बुलन्द पार्न आह्वान गरिएको छ।

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post