फुलन्देकी आमा ठूला पर्दामा डेब्यु, ‘हेल्लो काँशीराम’ जेठ २ गतेबाट प्रदर्शनमा

 काठमाडौं – पछिल्लो पुस्ताका लोकप्रिय हाँस्य कलाकार फुलन्देकी आमा (उमेश राई) अब ठूला पर्दामा डेब्यु गर्न लागेका छन्। साना पर्दाबाट दर्शकको मन जितिसकेका राई आफ्नो पहिलो चलचित्र ‘हेल्लो काँशीराम’ मार्फत आगामी जेठ २ गते देशभर प्रदर्शनमा आउन लागेका हुन्।


चलचित्रको छायांकन अनुभव बाँड्दै राईले काम गर्दा निकै रमाइलो लागेको बताउँदै भने, “सुटिङ कहिले सकियो थाहा नै भएन, तर डेब्यु फिल्म भएकाले यी क्षणहरू सधैंका लागि स्मरणीय रहने छन्।”

उनी यो चलचित्रमा पूर्ण कमेडी भूमिकामा देखिने छन्, जसमा व्यंग्यात्मक शैली समावेश गरिएको छ। दर्शकहरूले आफूलाई नयाँ अवतार र कथामा देख्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।


चलचित्रमा अभिनेता दिलीप रायमाझीसँगको सहकार्यलाई अविस्मरणीय अनुभवका रूपमा उनले स्मरण गर्दै भने, “दिलीप दाइ झनै रमाइला हुनुहुँदोरहेछ, नाम मात्रै होइन, ठूला पर्दामा जिम्मेवारी पनि ठूला हुने रहेछ।”

चलचित्रको निर्देशन रिम विश्वकर्माले गरेका हुन् भने लगानी पी.बी. थापाले गरेका हुन्। रेडलाइन फिल्म्स प्रा.लि. को ब्यानरमा बनेको चलचित्रको बजेट करिब डेढ करोड रुपैयाँ पुगेको निर्माण टिमले जनाएको छ। चलचित्रमा छायांकन यम आले, सम्पादन तथा रंग संयोजन मित्र डी. गुरुङ, नृत्य निर्देशन कविराज गहतराज, द्वन्द्व निर्देशन शंकर महर्जन र संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्य को रहेको छ।

चलचित्रमा दिलीप रायमाझीसँगै सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, र उमेश राईका साथै भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रियंका कार्कीको विशेष भुमिका पनि रहेको चलचित्रको गीतमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरी को आवाज रहेको जनाइएको छ।

सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यो चलचित्रको फस्ट लुक पोस्टर र टिजरले दर्शकमाझ उत्सुकता थपेको छ। निर्माण टिमले निकट भविष्यमा चलचित्रका गीतहरू पनि सार्वजनिक गर्ने तयारी गरेको छ।

‘हेल्लो काँशीराम’ ले हाँस्य र व्यंग्यको अनौठो संयोजनमार्फत दर्शकलाई पेट मिचेर हँसाउने दाबी गरेको छ।

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post