पोखरामा भोलि बृहत् मोटरसाइकल र्‍याली, महायज्ञको सन्देश फैलाउँदै

 पोखरा, बैशाख १२, २०८२

मानवसेवा फाउण्डेशनको आयोजनामा श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को प्रचारप्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश दिन भोलि शनिबार (बैशाख १३) बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली हुने भएको छ। र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई पोखराका प्रमुख स्थानहरू परिक्रमा गर्दै पुनः बिरौटामा समापन हुने फाउण्डेशनले जानकारी दिएको छ।



यसअघि बैशाख ११ मा साइकल र्‍याली र बैशाख १२ मा ट्याक्सी र्‍याली सफलतापूर्वक सम्पन्न भइसकेका छन्। ती र्‍यालीहरूले पोखराको सडकमा धार्मिक भजन, सन्देशमूलक नाराहरू र ब्यानरमार्फत महायज्ञको सन्देश प्रभावकारी रूपमा फैलाएका थिए।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल र्‍यालीले पनि सामाजिक एकता र धार्मिक जागरणको अभियानलाई थप उचाइ दिने विश्वास व्यक्त गर्नुभयो। “यी र्‍यालीहरूले महायज्ञको गूढ उद्देश्य जन–जनसम्म पुर्‍याउँदै समुदायमा एकताको भावनालाई मजबुत बनाइरहेका छन्,” उहाँले भन्नुभयो।

महायज्ञको प्रचारलाई थप प्रभावशाली बनाउन फाउण्डेशनले बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना गर्ने तयारी गरिरहेको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक महायज्ञले पोखरालाई धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

आयोजक समितिले मोटरसाइकल र्‍यालीमा सम्पूर्ण पोखरेली, धार्मिक संस्था, युवा समूह तथा स्थानीयवासीलाई सहभागी भई महायज्ञको अभियानमा हातेमालो गर्न हार्दिक अनुरोध गरेको छ।

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post