पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार तथा धार्मिक–सामाजिक सद्भाव फैलाउने उद्देश्यले मानवसेवा फाउण्डेशनले यही बैशाख ११ गते बिहान ७ बजे विशेष साइकल र्याली आयोजना गर्ने भएको छ।
कोटीहोम स्थल, बिरौटाबाट सुरु हुने साइकल र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्दवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट, पार्दी हुँदै पुन: बिरौटास्थित कोटीहोम स्थलमै समापन हुनेछ।
स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनको सन्देश बोकेको यो र्यालीले इन्धनको बचत, नागरिक स्वास्थ्यमा सुधार र आगामी पोखरा भ्रमण वर्ष २०२५ लाई टेवा पुर्याउने महायज्ञका संकल्पकर्ता विजयकृष्ण मूर्ति महाराजले जानकारी दिनुभयो। उहाँले सम्पूर्ण पोखरेलीलाई यो पवित्र र्यालीमा सहभागिता जनाउन हार्दिक निमन्त्रणासमेत गर्नुभएको छ।
मानवसेवा फाउण्डेशनले क्रमशः:
-
बैशाख १२ गते मोटरसाइकल र्याली
-
बैशाख १३ गते ट्याक्सी र्याली
-
बैशाख १४ गते फेवाताल डुङ्गा र्याली
-
बैशाख १६ गते बृहत् कशल यात्रा
पनि गर्ने कार्यक्रम रहेको जनाएको छ।