पोखरा–१७ बिरौटामा भव्यरूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले सम्पूर्ण पोखरेललाई आमन्त्रित गरेको छ। वडा नं. ७ का अध्यक्ष राम मोहन आचार्यले मंगलबार प्रमुख अतिथिका रुपमा उपस्थित भएर भने,
“यो महायज्ञले हाम्रा मन–मस्तिष्कलाई पवित्र बनाउनेछ र समयको विकृति दूर गर्नेछ। हाम्रो पोखरामा आयोजना भएको यस आध्यात्मिक अनुष्ठानको दर्शन नगर्नेले कहिल्यै पनि पोखरेली ठहरिन सक्दैन।”
अध्यक्ष आचार्यले महायज्ञ सफल बनाउन सबैको सहयोग र साथ अनिवार्य रहेको जोड दिंदै थपे,
“हाम्रो भूमिमा चलिरहेको यस्तो दिव्य कार्यक्रममा सहभागी नहुने हो भने हामी सबैको ठूलो भूल हुनेछ।”
साथै, उनले सन् २०२५ लाई पोखरा महानगरपालिकाले घोषणा गरेको पर्यटन वर्षलाई सफल पार्ने प्रमुख माध्यमको रुपमा यो महायज्ञलाई नै स्थापित भएको बताइन्।
अहिले महायज्ञको पूर्वसन्ध्यामा जारी श्रीमद्भागवत कथा प्रवचनमा अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा, सुप्रिया किशोरी लगायत विशिष्ट प्रवचनकर्ताहरूले आ–आफ्नो भावपूर्ण व्याख्या गरिरहेका छन्। भक्तजन र दाताहरूको उपस्थितिले महायज्ञ वातावरणलाई अझै उज्यालो र सामूहिक बनाउँदैछ।