भद्रपुर झापा गोल्डकपः पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रतिस्पर्धा

 भद्रपुर (झापा), १३ फागुनः दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच प्रतिस्पर्धा हुँदैछ ।


मेची रङ्गशालामा हुने खेल आज अपराह्न ३ः०० बजेदेखि सुरु हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । यसैगरी विदेशी क्लब काउर्न बाजारले न्युरोड टिम (एनआरटी)लाई हराउँदै आयोजक ब्लेजर्ससँगको भेट पक्का गरेको होे । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु एक लाख पाँच हजार, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद रु २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु २१ हजार नगद पुरस्कार रहेको गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिनुभयो ।


Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post