प्रसिद्ध ज्यो पं डा रुद्रनाथ अधिकारीका ३ वटा म्यूजिक भिडियो एकसाथ रिलिज

 काठमाडौँ । प्रसिद्ध ज्यो पं डा रुद्रनाथ अधिकारीका ३ वटा म्यूजिक भिडियो एकसाथ रिलिज गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच अब अति भइसक्यो, जागौं (राष्ट्र भक्ति गीत) , आमा (मातृ भक्ती गीत) र ‘आउन माया आउ मेरो हात समाउ’ (प्रेमिल गीत) का ३ भिडियोहरु रिलिज गरिएको हो ।


बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सक्रियताकाबारेमा चर्चा गरेका थिए । डाक्टर अधिकारीको जन्मदिनको अवसरमा एकसाथ३ भिडियो लोर्कापण कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त थापाले डा. अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे । डा. अधिकारीले रचना गरेका गीतहरुमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बु, सदिक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन् ।

भिडियोमा डा. अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ । आफ्ना बिचार र अभिव्यक्ति राख्ने क्रममा डा. अधिकारीले आफ्नो भारतीय सेनाको सेवाकालमा पाकिस्तान र चाइनाका बोडर क्षेत्र देखि कार्गिलको युद्ध लगायत इराक,अफगानिस्तान जस्ता संसारका विभिन्न देशका युद्ध ग्रस्त क्षेत्रमा कार्य गर्दा पनि आफू सुरक्षीत र कुशल रहेको,तर आफ्नै मातृभूमिको काख र आफ्नै घरमा असुरक्षित भएको र पटकपटक देशभित्रैका केही तत्व र आतंककारीहरु बाट आफू सहित परिवारै प्रताडित हुनुपरेको पिडाहरु समेत व्यक्त गरेका थिए । यसैबिच शुक्रबार सार्वजनिक भएको गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियो रिलिज कार्यक्रममा निर्देशक रुपाखेतीले आफ्नो धारण पनि राखेका थिए ।

डा. अधिकारीको जन्म लमजुङ जिल्लामा पिता पं. तेज प्रसाद अधिकारी र माता त्यागिमाया अधिकारीका माइला छोराको रुपमा भएको थियो र उनको बाल्यकाल तनहुँ र चितवनमा वितेको थियो।अधिकारीको प्रारम्भिक शिक्षा श्री सीताराम संस्कृत माध्यमिक विद्यालय र श्री वेदवेदाङ्ग विद्यालय, देवघाटमा र उच्च शिक्षा भारतको श्री सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय,वनारस, श्रीधाम वृन्दावन तथा विद्यावारिधी श्री महार्षी विश्वविद्यालय, भोपाल वाट ज्योतिष शास्त्रमा गरेका थिए।उनको ज्योतिष प्रमुख विषय त थियोनै तर साहित्य,दर्शन शास्त्र,कर्मकाण्ड र धर्मशास्त्रमा पनि उत्तिकै रुचिका साथ अध्ययन हासिल गरेका छन्। अधिकारी बाल्यकाल देखिनै अति तिक्ष्ण बुद्धि, अनुशासित, मेहनती र अनेकौं प्रतिभाका धनी थिए।गरिबी,अभाव र अनेकौं आरोह अवरोहका विच कठिन परिस्थितिका बाबजुद पनि ऊनी एक लक्ष भेदी, भविष्य प्रती दृढ़ संकल्पित व्यक्ति थिए।यिनै गुणहरुका कारणनै उनलाई लक्ष प्राप्ति सम्म पुर्याइ छाड्यो र एक प्रसिद्ध ज्योतिष एवं भविष्य वक्ताका रुपमा आज देश विदेशमा चितपरिचित छन्। उनका स्वदेशमा मात्र नभई विदेशमा समेत लाखौं भक्त, शुभचिन्तक र अनुयायीहरु छन्। उनि एक ज्योतिष मात्र नभई साहित्यकार,गीतकार,समाज सेवी, विश्लेषक, तथा कर्मनिष्ठ पण्डित पनि हुन्।वर्तमानमा उनी विभिन्न धार्मिक र सामाजिक संघसंस्थामा पनि आवद्ध रहि सेवा कार्य गर्दै आएकाछ्न। समयसमयमा विभिन्न मिडिया र उनकै निजी युटुव च्यानल “रुद्रनाथ अधिकारी”को माध्यम बाट उनले गर्दैआएका भविष्यवाणिहरु १००% सत्य सावित भइ चर्चा कमाएकाछ्न र आज पनि उत्तिकै सान्दर्भिक छन्।

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post