No title

 आगनमा खेलिरहेका थिए २ वर्षीय रिहान एक्कासी चि*तुवाले लाग्यो, ५०० मीटर पर खेतमा भेटियो श/व

गए राती घरको आँगनमा खेली रहेका दुई वर्षीय वालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ । मधुवन नगरपालिका वडा न ७ भाट चोकमा शनिवार साँझ करिब आठ बजेको समयमा आँगनमा खेलिरहेको बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो । रिहानको आमा रचना चलाउने सानीआमाको घरमा छोरा लिएर आएकी थिइन् । चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा घाउ भएको प्रहरीले जनाएको छ । साँझ करिब ८ बजे आँगनमा खेलिरहेको बालक एक्कासि हराएपछि घरपरिवारले हारगुहार गरेका थिए । स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घर देखि पाँच सय मिटर दक्षिण पूर्व खेतमा ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गत माघ २५ गते सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो ।

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post