यही फागुन ७ गते, क्षेत्री समाज नेपाल तथा संयुक्त खस क्षेत्रीहरूको साझा संस्थाको आयोजनामा प्रजातन्त्र दिवस २०८१ को अवसरमा केन्द्रीय सदस्य, पदाधिकारी तथा अग्रज क्षेत्रीहरूलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम स्टार बैंकेट, पेप्सीकोला, काठमाडौं मा आयोजना गरिएको थियो। उपस्थित वक्ताहरूले "राष्ट्रिय अखण्डता र जातीय सद्भाव, क्षेत्री एकता आजको आवश्यकता" भन्ने नारालाई आत्मसात गर्दै एकताको महत्व विशेष रूपमा उल्लेख गरे।
बागमती प्रदेशका संयोजक समेत रहेका स्याम कार्कीको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो। समाजसेवी कार्की कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन्। कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष रित बहादुर थापा रहेका थिए। उनले १ करोडभन्दा बढी क्षेत्रीहरूको हकहित का लागि निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै, समुदायको उज्जवल भविष्यको परिकल्पना प्रस्तुत गरे।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लेख बहादुर कार्की तथा सञ्चालक रामेश्वर थापा रहेका थिए। देशभरिबाट आएका क्षेत्री समुदायका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित थिए।
समारोहमा क्षेत्री समुदायको योगदान, समाजको वर्तमान अवस्था, र भावी योजनाहरू विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू को समेत उपस्थिति रहेको थियो।
क्षेत्री समाज नेपालले समुदायको हकहित संरक्षण गर्दै यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ। क्षेत्रीहरूले नेपालको लामो इतिहासमा पुर्याएको योगदान, समर्पण र बलिदान स्वर्ण अक्षरमा लेखिएको छ। संगठनले सुसंस्कृत, सुव्यवस्थित, एवं सम्पन्न समाजको निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
Youtube Link: https://youtube.com/shorts/aQiKgbQcILA