अमेरिकी सहर टेक्ससमा एक नेपाली नागरिकको गोली हानी हत्या भएको छ। नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको लुटेराको समूहले आइतबार गोली हानेर हत्या गरेको हो।
३० वर्षीय वली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत थिए। लुटेराहरूले ग्याँस स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त मोहन कुसारीले जानकारी दिए।
उनका अनुसार अमेरिकी समय अनुसार आइतबार बिहान करिब ५ बजे आएका लुटेराको समूहले गोली हानी हत्या गरेको हो ।
देउभान वली जिल्ला समन्व्य समितिका सदस्य समेत हुन् । उनले मृतक वलीका ७ महिनाअघिमात्र अवैध रुपमा अमेरिका पुगेको बताएका छन् । उनका श्रमती र एक छोरी छन् । अधिकारीहरूले वलीको परिवारलाई खबर गरिसकेका छन् र घटनाको थप अनुसन्धान भइरहेको छ।
Comments
Post a Comment