राष्ट्रिय कृकेट खेलाडि ललित राजवंशीले फेसबुम मार्फत खेलाडिहरुको अवश्था धेरैनै कम्जोर भएको प्रस्टाएका छन् ।

 हालसालै मैले एक अन्तर्वातामा हामीले कृकेट खेल्दा प्रयोग हुने किट्सहरु स्पोन्सर नहुँदा आफैले सबै व्यवस्थापन गर्नुपर्दा गार्हो हुने गरेको छ भन्ने आशयले आफ्नो विचार व्यक्त गरेको थिए ।साथै मसँग हाल नेट अभ्यास गर्ने व्याट मात्र भएको र गेममा व्याटिङ्ग गर्नुपर्दा साथिहरुको लिएर गर्ने गरेको बताएको थिए ।

मेरो विचार र अभिव्यक्तिलाई लिएर आएका हजुरहरु सबैको विचारलाई नियालि रहेको छु । वास्तवमै नेपाली कृकेट समर्थकहरुको खेलाडिहरुप्रति कति विश्वास, माया र साथ रहेछ भन्ने कुरा अझै बढि महशुस गरिरहेको छु। हजुरहरु सबैको माया, विश्वास र साथले नेपाली कृकेटप्रति थप योगदान गर्न प्रेरणा मिलेको छ ।
कृकेट व्याट प्रदान गर्ने बारेमा धेरैजनाले कुराहरु गरिरहनु भएको छ । हजुरहरु सबैमा म नमन गर्दछु । यत्तिको माया र साथ सदैव पाईरहन पाउँ।
तर एउटा कृकेट व्याट समस्याको समाधान होईन । म बाहेक पनि थुप्रै राष्ट्रिय ,अन्तराष्ट्रिय स्तरमा खेलिरहनु भएका खेलाडीहरु प्रायोजक विहिन हुनुहुन्छ। कति क्षमतावान खेलाडीहरु किट्स कै अभावमा पलाएन भएका छन, हुने क्रममा छन। मैले त जेनतेन व्यवस्था गरिरहेको छु , चलिरहेको छ तर समग्र यो क्षेत्रमा प्रतिभा भएका तर आर्थिक अवस्था कमजोर भएका खेलाडीहरुको के हुन्छ ?

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post