जिवन कथा

5/block/random

होमपेज

4/sgrid/recent

Report Abuse

Find Us On Facebook

Advertisement

Ads

Featured Video

Video Example

Subscribe Us

कथा

5/block/recent

मेरो कथा

5/block/My Story

Contact form

Contact Us

Name

Email *

Message *

Followers

Labels

Smart Nepal Pvt. Ltd.

Smart Nepal Pvt. Ltd.
smartnepaltv@gmail.com

Footer Copyright

Design by - Blogger Templates | Distributed by CopyBloggerThemes.com

About Us

This website is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Breaking News

Top Post Ad

Below Post Ad

Popular Posts

चियापान

Featured Section

Skip to main content

किशोरीले ईसेवामा पैसा सापटी माग्दा भेटेर नगदै दिने भन्दै भेट्न आएर सामूहिक बलात्कार ।

 झन्डै सात महिनाअघि फेसबुकबाट १७ वर्षीया रेश्मा राउत (नाम परिवर्तन) सँग कैलालीका २० वर्षीय पदम थापाको चिनजान भयो । चिनजानपछि उनीहरूबीच फोनमा नियमित कुरा भइरहन्थ्यो ।



गत ९ साउनमा किशोरीले पदमलाई फोनमा मेसेज पठाएर ईसेवामा एक हजार रुपैयाँ सापटी पठाइदिन अनुरोध गरिन् । पदम ‘म त्यहीँ आएर नगदै दिन्छु’ भन्दै किशोरीलाई उनी बस्ने ठाउँ बताउन लगाए ।


त्यतिबेला रातको १० बजेको थियो । पदमले नगदै दिने भनेपछि किशोरीले आफ्नो ठेगाना दिइन् । यता पदमले आफ्ना २३ वर्षीय दाइ हरि थापा र २२ वर्षीय सोम बिकलाई किशोरीले भेट्न बोलाएको कुरा सुनाए । उनले आफूसँग कुनै सवारी नभएकाले सोम बिकका साथी २३ वर्षीय केशव भण्डारीलाई बाइक मागिदिन अनुरोध गरे । त्यसपछि पदम थापा, सोम बिक, केशव भण्डारी र हरि थापा एउटा चोकमा जम्मा भए ।


चोकमा भेटिएपछि हरि थापाले अर्का साथी २४ वर्षीय बालकृष्ण जोशीलाई पनि बोलाए । उनीहरू पाँच जना भएर किशोरीले भनेको ठाउँतिर गए ।किशोरीले भनेको ठाउँ आउन थालेपछि पदम थापाले बाटो सोध्न किशोरीलाई कल गर्न खोजे, तर उनको मोबाइलमा ब्यालेन्स नभएपछि दाइ हरि थापाको नम्बरबाट किशोरीलाई फोन गरे ।


यता पदम थापाका दाइ हरि थापा, केशव भण्डारी र बालकृष्ण जोशी धनगढी विमानस्थल जाने सडकमा पर्ने झलारी चोकमा रोकिए । पदम थापा र सोम बिक बाइकमा राति साढे ११ बजेतिर किशोरीले भनेको ठाउँमा पुगे । 


पदमले किशोरीलाई भेट्नुअघि नै सोम बिकले आफू त्यता नजाने भने । त्यसपछि पदम एक्लै किशोरी कुरिरहेको ठाउँमा गए । उनीहरू कुरा गर्दा रातको साढे १ बजिसकेको थियो । त्यही बेला पदमले किशोरीलाई शारीरिक सम्बन्धको प्रस्ताव राखे । किशोरीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिन् । तर, पदमले किशोरीको अनुमतिबिनै जबरजस्ती करणी गरे । 


त्यसको केही समयपछि उनीहरू फर्किन लागेका थिए । त्यही बेला पदमका अन्य साथीहरू हरि थापा, केशव भण्डारी र बालकृष्ण जोशी उनीहरूको बाटो ढुकेर बसिरहेका थिए । तीन जनामध्ये बालकृष्ण जोशीले किशोरीको हात समातेर आफूतिर ताने  र, जबरजस्ती करणी गरे ।


त्यसपछि उनका अन्य साथी हरि थापा र केशव भण्डारीले करणी गर्न खोज्दा किशोरी चर्को स्वरमा कराइन् । यसपछि पदम र सोम बिकले किशोरीलाई उनको कोठासम्म पुर्‍याइदिए । र, उनीहरू पाँचै युवक ओलानी चोकमा भेटी आ-आफ्नो घरतिर लागे । 


पीडित किशोरीका अनुसार उनीहरूले जबरजस्ती करणी गरेपछि धम्की दिएर मोबाइल पनि खोसेर लगेका थिए । पछि किशोरीले आफ्ना अभिभावकलाई सबै घटना सुनाएपछि उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिए । 


प्रहरीका अनुसार ती किशोरीको उमेर १७ वर्ष आठ महिना २५ दिन रहेको छ ।४ भदौमा पाँच जना युवकविरुद्ध कैलाली जिल्ला अदालतमा सामूहिक जबरजस्ती करणीसम्बन्धी अभियोगपत्र दर्ता भएको छ । हाल २० वर्षीय पदम थापा पक्राउ परिसकेका छन् भने बाँकी चार जना फरार छन् । 


त्यस्तै प्रतिवादी पदम थापा, केशव भण्डारी, हरी थापा, बालकृष्ण जोशी र सोम बिकबाट सोही संहिताको दफा २१९ (३क) (ख) बमोजिम जरिवाना गरी उक्त जरिवाना वापतको रकम पीडितलाई क्षतिपुर्ति वापत दिलाई भराई पाउन माग दाबी प्रस्तुत गरिएको छ ।

Link: https://www.facebook.com/watch/?v=819592757022582

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Comments