जिवन कथा

5/block/random

होमपेज

4/sgrid/recent

Report Abuse

Find Us On Facebook

Advertisement

Ads

Featured Video

Video Example

Subscribe Us

कथा

5/block/recent

मेरो कथा

5/block/My Story

Contact form

Contact Us

Name

Email *

Message *

Followers

Labels

Smart Nepal Pvt. Ltd.

Smart Nepal Pvt. Ltd.
smartnepaltv@gmail.com

Footer Copyright

Design by - Blogger Templates | Distributed by CopyBloggerThemes.com

About Us

This website is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Breaking News

Top Post Ad

Below Post Ad

Popular Posts

चियापान

Featured Section

Skip to main content

बल्खु पुलमुनि अड्किएको अवस्थामा पुरुषको शव फेला

 रातिदेखि लगातार परेको वर्षाका कारण काठमाडौं उपत्यकाको वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढ्नुको साथै बाढी आएको छ ।

बर्षासँगै विभिन्न नदीमा आएको बाढीका कारण काठमाडौंको धेरैजसो ठाउँ अहिले जलमग्न भएका छन् । खोला किनारका बस्तीका साथै बजार पनि जलमग्न भएको छ । बर्षा र बाढीका कारण काठमाडौंका बासिन्दासमेत प्रभावित भएका छन् । 


 घर भित्रै पानी पस्दा नदी आसपास रहेका बस्तीहरुलाई धेरै सास्ती झेल्नु परेको छ ।  तरकारी बजार पुरै डुबानमा परेको छ । डुबानका कारण यतिबेला तरकारी व्यवसायी मारमा परेका छन्  तरकारी बजार डुब्दा यतिबेला व्यवसायीका तरकारी र जिन्सिमा क्षति पुगेको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने २ वटा सवारी साधन पनि पल्टाएको छ । 



 त्यति मात्रै हैन   काठमाडौँको बल्खु खोलाको बाढीमा परी एक जनाको मृत्यु भएको छ। बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको प्रहरीले जनाएको छ। 


काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको हो। आज बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको हो । प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको छ । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ।  

 

काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि बागमती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जल सतहले खतराको तह पार गरेको थियो। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना डुबानमा परेका छन्।  


रातभर परेको पानीका कारण बागमती किनार क्षेत्र डुबानमा परेको छ। बागमती करिडोरका टेकु, यूएन पार्क, च्यासल, बागमती–विष्णुमती दोभान क्षेत्र, बल्खुलगायत क्षेत्र डुबानमा परेको छ। वर्षापछि बुधबार बिहान बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको थियो।


 बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुरलगायतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ । ‘कुलेश्वर र बल्खुबाट मात्रै ११ जनालाई सुरक्षित स्थानमा लगिएको छ । बाढी खोला किनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए।

Link: https://www.facebook.com/smarttvnepal79/videos/479628841680588

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Comments