जिवन कथा

5/block/random

होमपेज

4/sgrid/recent

Report Abuse

Find Us On Facebook

Advertisement

Ads

Featured Video

Video Example

Subscribe Us

कथा

5/block/recent

मेरो कथा

5/block/My Story

Contact form

Contact Us

Name

Email *

Message *

Followers

Labels

Smart Nepal Pvt. Ltd.

Smart Nepal Pvt. Ltd.
smartnepaltv@gmail.com

Footer Copyright

Design by - Blogger Templates | Distributed by CopyBloggerThemes.com

About Us

This website is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Breaking News

Top Post Ad

Below Post Ad

Popular Posts

चियापान

Featured Section

Skip to main content

रक्सीले मातेर रड प्रहार गरी श्रीमतीको हत्या

 दाङको राजपुर गाउँपालिकामा एक पुरुषले रडले हानेर श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका-१ रसरीखोला निवासी ३८ वर्षीय गणेश घर्तीले आइतबार राति मदिरा सेवन गरी आफ्नै श्रीमती ३६ वर्षीय वसन्ती घर्तीको रड प्रहार गरी विभत्स हत्या गरेका हुन् । 

मदिराले लठ्ठिएका गणेशले राति ९ बजे टाउकोमा रडले हानेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालीका कार्कीले जानकारी दिएकी छिन् ।  



रातिनै श्रीमतीको हत्या गरेता पनि सोमबार बिहान साढे ९ बजेसम्म ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए   । उनी बिहान ढोका नखोली श्रीमतीको मृत शरीर हेरेर बसिरहेका थिए । प्रहरीका अनुसार श्रीमान्-श्रीमतीबीच पहिल्यैदेखि विवाद हुन्थ्यो । पटक-पटक स्थानीय र प्रहरीले विवाद मिलाएका थिए । यस पटक भने खाना खाएर सुत्न गएकी श्रीमतीलाई गणेशले रड   बारम्बार टाउकोमा प्रहार गरी र शरीरमा पनि त्यही रडले घोचेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राम प्रसाद तिमल्सिनाले बताएका छन् ।


आइतबार राती खाना खाएर दुबै जना कोठामा सुत्न गएका थिए  । तर बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले स्थानीय प्रहरीलाई खबर गरेका थिए । त्यस पछि इलाका प्रहरी कार्यालय गडवा र प्रहरी चौकी बेलाबात खटिएका टोली घटना स्थलमा पुगेका थिए । घटनास्थलमा पुगेकी  इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालीका कार्कीका अनुसार ढोका खोलेर हेर्दा  वसन्तको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।  


पटक पटक रड प्रहार गरिएको डर लाग्दो गरी उनको हत्या भएको थियो बिस्तरामा रगतै रगत लत्पतिएको थियो । रातिनाई घटना घटेको भए पनि हत्या आरोपी गणेशले भने सोही घर भित्रै छुट्टै कोठामा थुनेर बसिरहेको अवस्थामा फेला परेका थिए । उनी एउटा झ्याल खोलेर श्रीमतीको शव हेरेर उभिरहेका थिए । भान्सा कोठाको ढोका लगाई हातमा रड बोकी एउटा झाल खोलेर श्रीमतीको शव हेर्दै उ उभिएको थियो ।"प्रहरी प्रमुख कार्कीले भनिन । 

प्रहरीका अनुसार गणेश र वसन्तको 3 छोरा छन् । उनीरुका ८ र १२ वर्षका छोरा घर भित्रै थिए । उनीहरूको ३ छोरा मध्य एक १४  वर्षीय छोरा आफन्तको घरमा गएका थिए भने २ छोरा घरमै भेटिएको कार्कीले बताएकी छिन् ।


८ वर्षका छोराले म आमा सगै सुतेको थिए भन्ने कुरा गरेका थिए कार्कीले भनिन घटना भएको पनि देखेको हुँ भन्ने साङ्केतिक टाउको हल्लाए थिए । १२ वर्षका छोराले भने आफूले नदेखेको प्रतिक्रिया दिएका छन् । 


गणेशले ऋषको आवेगमा श्रीमतीको टाउकोमा पटकपटक रड प्रहार गरी हत्या गरेको पश्चताप गर्दै गल्ती स्वीकार गरेको प्रहरी निरीक्षक कार्कीले बताएकी छिन् ।  सामान्य भनाभनको क्रममा आफू आवेगमा आएर श्रीमान गणेशले श्रीमती माथि रड प्रहार गरी  विभत्स हत्या गरेको कार्कीले बताएकी छिन् । 


गणेशलाई इलाका प्रहरी कार्यालय गडवाको हिरासतमा राखिएको  छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यतिबेला मृतक वसन्तको सब पोष्टमार्टमको लागि लमही अस्पताल लागिएको छ  


आमाको हत्या र बुवा जेल गएपछि यतिबेला ३ छोराहरूको बिचल्ली भएको छ। चाडवाडको मुखै मा ती बच्चाहरूको बिजोग भएको छ।  सात जन्म सगै बाँच्ने मार्ने कसम खाएर एक अर्काको सुख दुःख को साथी बन्दै जीवन काट्ने संगिनिको त्यसरी निर्मम तरिकाले हत्या गर्दा अलि कतिपनि कामेनन् । यो खबर सुने सगै यति बेला वसन्तको  माइती परिवारमा  रुवाबासी चलिरहेको छ । हत्यारालाई कारबाही हुन्छ उनीहरूको माग रहेको छ ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/1470228126956449

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Comments