के तपाईं पत्याउनु हुन्छ विवाह भएको ३ मिनेट मै डिभोर्स तपाईं नझुक्किनुस् यो घटना साच्चै घटेको छ ।
अहिले सम्बन्धमा असमझदारीका कारण सम्बन्दा विक्षेत् गर्नेहरूको संख्या जुन सुकै देशमा पनि तीव्र रुपमा ले बढी रहेको छ । केही महिना वर्षमा संबंध विच्छेद
भएको त हामीले सु दाई आएका हौ तर विवाहको ३ मिनेट मा संबंध विक्षत सायद तपाईं पहिलो पटक सुन्दै हुनुहुन्छ ।
पतिपत्नीबीच विवाद तथा झगडा हुनु सामान्य नै हो । हुनत लोग्ने स्वास्नीबीचको झगडा परालको आगो भनिन्छ । तर कहिलेकाही यस्ता झगडाले ठुलो रुप लिन्छ र वैवाहिक सम्बन्ध नै टुट्न सक्दछ।
दाम्पत्य जीवनमा दरार पैदा हुने तथा सम्बन्ध विच्छेद हुने कुरा कलिहेकाही हाम्रो काबुमा पनि नरहन सक्छ । कहिलेकाही बिहे भएको दशकौं पछि पनि डिभोर्स भएको हुन्छ । तर, कहिलेकाही क्षणभरमै सम्बन्ध विच्छेद पनि हुनसक्छ।
समाचार अनुसार अदालतमा आधिकारिक रुपमा बिहे गरेर इजलास कक्षबाट बाहिर निस्किने क्रममा बेहुलीको खुट्टा लडखडायो र उनी भुईंमा लडिन् । लडेकी बेहुलीलाई उठाउनुको साटो बेहुला रिसाए र चिच्याउँदै भने – मुर्ख ।
भर्खरै बिहे गरेको आफ्नो पतिले त्यस्तो बचन बोलेको सुन्दा बेहुलीलाई पनि रिस उठ्यो र उनले तत्कालै न्यायाधीशलाई भर्खरै भएको आफ्नो बिहे रद्द गरिदिन अनुरोध गरिन् । बेहुलीको अनुरोधमा न्यायाधीश सहमत भए र उनको बिहे कायम गरेको ३ मिनेटमै रद्द गरिदिए ।
यो कुवतेमा भएको घटना हो, जहाँ बिहे गरेको केवल ३ मिनेटमै सम्बन्ध विच्छेद भएको छ । यसलाई कुवेतको इतिहासमै सबैभन्दा छोटो वैवाहिक सम्बन्ध भनिएको छ ।
वास्तवमा यो घटना सन् २०१९ मै भएको रहेछ र अहिले आएर सोसल मिडियामा भाइरल बनिरहेको छ।
स्मरण रहोस् यसअघि सन् २००४ मा बेलायतमा एक जोडीले बिहे गरेको ९० मिनेटमै डिभोर्स ग्रेका थिए ।
Link: https://www.facebook.com/smarttvnepal79/videos/482131928101272
Comments
Post a Comment