"पत्रकारीताको धर्म राम्रो शब्द चयन गरेर राम्रो लेख्नु या भिडियो मार्फत प्रसारण गर्नु मात्र होईन । नागरीकको हातमा पुय्राएर नागरिकलाई सचेत गराउनुपनि हो । धेरै राम्रा पत्रकारले गरेका पत्रकारीतालाई अहिले अर्को मान्छेले श्रेय लीने गरी रहेका छन् । टिकटक त एउटा फगत उदाहरण मात्र हो । भोलीको समयमा जुन प्रविधिले मानिसलाई अधिनमा राख्न सक्छ त्यस एप नै उचिन हुनेछ पत्रकारीता गर्नको लागी ।"
युटुब, प्रविधिसंग ईन्टरनेट संसारमा गरीएको एक नयाँ practice हो । जसलाई सबैले स्विकारेका छन् । धेरै अघि पत्रकारीता मात्र पत्र पत्रिकाबाट गरीन्थयो । त्यो भन्दापनि अघि गाउँमा बाजा फुकेर मान्छे जम्मा पारेर गरीन्थयो रे भन्ने कुरा सुनेको हुँ । समय र प्रबिधिले फड्को मार्दै गर्दा रेडियोको चर्चाले सबैलाई खिच्यो । त्यति बेलाका पत्रकारहरुले भनेको सुन्दा रेडियोमा समाचार भन्नेहरुलाई पत्रकार मान्दैनन् थिए रे । धेरै समयको लडाई पछि सरकारले रेडियो पत्रकारलाई वैधानिक पत्रकार भनेर मान्यो । नयाँ प्रविधिलाई जस्ले स्वीकार्दैन त्यो जहिले पछि पर्छ । अघि बढी रहेको समयलाई स्वीकार्न नसक्नु वा न स्वीकारनु ले नै धेरै जिवहरुको पृथ्वीमा नास भएका छन् । उदाहरण फरक भएपनि कुरा एउटै हो । कि समयलाई परीवर्तन गर या समय अनुसार परिवर्तित बन नत्र तिमीलाई पछि पार्दै अरु धेरै अघि निस्केछन् ।
रेडियो पछि टेलिभिजन आयो, अनि फोनहरुको सुविधा र सहजिकरण बन्न थाल्यो । जस्लाईपनि सुचनाको माध्यम मान्न सकिन्छ । त्यसपछि प्रविधिले यसरी फड्को मार्यो कि कसैले त्यसको सायदै अंदाग गरेका थिए होलान् । यो प्रविधिको फड्को, मानव जिवनमा भएको सबै भन्दा ठूलो विकास मान्न सकिन्छ । न यसलाई कसैले रोक्न खोज्यो न नै रोकेर रोकिने थियो । रोकेर नरोकिने यसकारणपनि थियो कि सबैले यसलाई सजिल्यै अपनाउने गरी बनेको र मानव जिवनलाई सजिलो बनाउने गरीको थियो ।
समय अनुसार कुनै दिन न्यूज वेबसाईट ईन्सटेन्ट आर्टिकलहरुपनि धेरै मैलाएको थियो । अहिले चर्चामा रहेको र सबैको ध्यान खिचेको एउटा एप छ युटुब । धेरै पत्रकारहरुले युटुब मार्फल पत्रकारीता गरी रहेका छन् । युटुब धेरैको रोजाई पर्नुको कारण चलाउनमा सरलता र त्यसबाट हुने आम्दानिको सन्तुस्टि हो । वेरोजगारले नछाडेको देशमा नागरीकहरु शिक्षित बनेपछि प्रविधिलाई अपनाउन धेरै सजिलो थियो । युटुबमा सामाग्री प्रदायक (content provider ) ले सामाग्री निर्माण गरी प्रकाशित गर्छन र दर्शकहरुको ईच्छा अनुसारलाई त्यसले अझ दर्शक पाउँछ । राम्रो र चाखलाग्दो सामाग्री छ भने धेरै दर्शकहरुसामु युटुबले पुय्राईदिनेछ र हेर्नेछन् नत्र केहि दर्शकहरु समक्ष मात्र त्यो भिडियो पुग्ने गर्दछ ।
टेलिभिजनका केहि पत्रकारहरुले युटुब मार्फत गरीने पत्रकारीतालाई पत्रकारीता मान्दैनन् । यो भन्दै गर्दा युटुबमा प्रसारण गरीने सबै विषय र भिडियो पत्रकारीता भित्र पर्छ भन्ने होईन । त्यसो त टेलिभिजनमा देखाईएको एक समयको चर्चित कार्यक्रम call kantipur जस्मा दर्शकको रुचि अनुसार गीत प्रसारण गरीन्थयो, के त्यो पत्रकारीता भित्र पर्थयो त ? हामीले सानो मा हेरीने सिरियल मुमिन, हिजो आजको कुरा, तितो सत्य, मेरी बास्सै अनि चलचित्र, विज्ञापन सबै पत्रकारीता भित्र पर्थयो र ? पत्रकारीताको केहि आचार संहिता हुन्छ जसलाई पालना गरेर समाचार बनाईएको छ भने त्यस्लाई पत्रकारीता भनिन्छ होला । माध्यम फरक हुन सक्छ । फेसबुक, ट्विटर, ईन्षटाग्राम, न्युज पोर्टल आदि । युटुब र फेसबुकलाई पत्रकारीता गर्ने माध्यम बनाउन अहिलेका मुलधार भनिएका पत्रकारहरु सकेनन् भने उनिहरुनै पछि पर्नेछन् ।
समय त आज अझै छोटो भई सक्यो । अव मानिसले केहि सेकेण्ड र केहि मिनेटमा घटनाको सम्पूर्ण जानकारी पाउन खोज्छन् । एउटा मानिसले धेरै भन्दा धेरै सुचनाहरु संकलन गर्न चाहान्छ । यस्को सफल उदाहरण हो टिक टक । टिकटक एउटा यस्तो एप जसलाई संसार भरमा सबैभन्दा धेरै डाउनलोड गरीएको एममा आफुलाई स्थापित गर्न सफल भयो । यो एप न बनाउनेले यस्तो होला भनेर बनाएको थियो न नै अहिलेको मानिसलाई चाहिएको कलपनाको विषय थियो । कसैले बनायो र त्यसलाई सहजै अधिकांस मानिसहरुले अपनाए । हरेक १०० मा आदि भन्दा धेरै मानिसको स्मार्ट फोनमा यो एप भेटिन्छ होला ।
भोलि समयको चक्र घुम्दै जाँदा सुचना पाउने सबै भन्दा सजिलो माध्यम टिकटक बन्यो भने के हामीले त्यसलाई पत्रकारीताको माध्यम न बनाउने ? हामीले धेरै राम्रो समाचार पत्रिकामा लेख्यौ या रेडियोमा बजायौ या टेलिभिजनमा प्रसारण गय्रौ । यदि त्यो नागरीक सामु पुगेन भने त्यो समाचारको के अर्थ ? त्यहि समाचारलाई डाउणलोड गरी अर्को व्यक्तिले तोड मोड गरी टिकटकमा हालेर धेरै माझ पुय्राउँछ र फलोवर्स र लाईक्सको रुपमा प्रसंशा पाउँछ । हो त्यो सफल पत्रकारीता हो । पत्रकारीताको धर्म राम्रो शब्द चयन गरेर राम्रो लेख्नु या भिडियो मार्फत प्रसारण गर्नु मात्र होईन । नागरीकको हातमा पुय्राएर नागरिकलाई सचेत गराउनुपनि हो । धेरै राम्रा पत्रकारले गरेका पत्रकारीतालाई अहिले अर्को मान्छेले श्रेय लीने गरी रहेका छन् ।
टिकटक त एउटा फगत उदाहरण मात्र हो । भोलीको समयमा जुन प्रविधिले मानिसलाई अधिनमा राख्न सक्छ त्यस एप नै उचिन हुनेछ पत्रकारीता गर्नको लागी । अझ सरल र सफल बन्नेछ भोलीको दुनिया । जसरी नागरीकहरुले आफुलाई परीवर्तित गर्दै सुचनाको माध्यमका लागी नयाँ स्वाद फेरी रहेका छन् हामीलेपनि पत्रकारीताको माध्यम त्यस अनुसार परिवर्तन गर्नुपर्छ । यसो गरे मात्र सदैव टिक्न सकिनेछ नत्र धेरै राम्रो पत्रकारलाईपनि नागरीकले चिन्नेछैनन् । यो पिढिले चिकेका मानिसलाई आउर्ने पिढिले चिनिन त्यस पिढिले स्विकार्ने गरी आफूलाई परिमार्जित गर्नुपर्छ ।
Comments
Post a Comment